दफा ४५
अवज्ञा सम्बन्धी कसुर
देहायको कुनै कार्य गरेमा अवज्ञा सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) यस ऐनबमोजिम अधिकार प्राप्त कुनै निकाय वा अधिकारीले वा आपूभन्दा माथिको अधिकृतले कामको सिलसिलामा मौखिक, लिखित, सङ्केत वा अरू कुनै प्रकारले दिएको कानुनी आज्ञालाई जानी जानी अटेर गरेमा,
(ख) आफूभन्दा माथिको अधिकृतले दिएको सामान्य, स्थानीय वा अरू किसिमका आदेश पालन गर्न लापरवाही गरेमा ।